राइडर श्याम चौधरीलाई कठिन परिस्थितिमा पठाओ बेनिफिट प्रोग्रामको साथ !!
- Newsroom
- September 27, 2024
नाम: श्याम चौधरी
राइडर: पठाओ
पठाओमा सामेल भएको मिति: १ फेब्रुअरी २०२१
दुर्घटना मिति: १० अक्टोबर २०२३
पठाओका राइडर, क्याप्टेन र पठाओ हिरोहरू पठाओको मेरुदण्ड हुन्। उनीहरूले हरेक दिन हजारौं यात्रुहरूलाई सुरक्षित र सहज यात्रा गराउने जिम्मेवारी बोकिरहेका हुन्छन्। यस्तै एक प्रतिबद्ध राइडर हुन् श्याम चौधरी, जसले १ फेब्रुअरी २०२१ मा पठाओसँग आफ्नो यात्रा सुरु गरेका थिए।
अन्य दिन जस्तै राइड लिने क्रममा, १० अक्टोबर २०२३ को दिन, चौधरीले एक यात्रु लाई युनिभर्सिटी पथ, कुलेश्वर बाट क्लासिक टावर गेट, खुमलटार पुर्याउने क्रममा गम्भीर दुर्घटनामा परे।
दुर्भाग्यवश, चौधरीको बाइक दुर्घटनामा परेको भए पनि उनले यात्रुको सुरक्षामा कुनै कमी हुन दिएनन्, यात्रु सुरक्षित रहे, तर चौधरी आँफु भने गम्भीर चोटसहित ६ हप्तासम्म बेड रेस्टमा बस्न बाध्य भए।
यो समय चौधरीको लागि मात्र कठिन नभई उनको परिवारको लागि पनि ठूलो चुनौती थियो। उनी परिवारको मुख्य आर्थिक सहारा भएका कारण, काम गर्न नसक्दा परिवारको आर्थिक अवस्था कमजोर बन्न गयो।
तर, यो चुनौतीपूर्ण अवस्थामा, पठाओ बेनिफिट प्रोग्राम श्यामका लागि ठूलो राहतको स्रोत बन्यो। पठाओ बेनिफिट प्रोग्राम अन्तर्गत, श्यामलाई रु १५,००० को बेड रेस्ट भत्ता प्रदान गरियो, जसले उपचारको क्रममा आर्थिक सहयोग गर्न सक्यो। साथै, उनले पठाओ राइड स्यरिंग बिमा अन्तर्गत रु ७०,००० को बीमा रकम पनि पाउन सफल भए, जसले थप आर्थिक सहयोग पुर्यायो।
चौधरी भन्छन, “ काम गर्न नपाउँदा भत्ता पाएकोमा सहयोग मिल्यो, खुशी लाग्यो ”। उहाँ जस्तै कैयौं चालकहरू ले पठाओ बेनिफिट प्रोग्राम को सहयोग पाएका छन्।
पठाओ बेनिफिट प्रोग्राम: राइडरहरूको सुरक्षा र समर्थनमा समर्पित
पठाओले आफ्ना राइडर, क्याप्टेन र पठाओ हिरोहरूको सुरक्षा र कल्याणलाई सधैं पहिलो प्राथमिकतामा राखेको छ। श्याम चौधरी जस्ता राइडरहरू, जसले दैनिक यात्रुहरूको सुरक्षा र सुविधाको ख्याल राख्छन्, हाम्रा लागि अमूल्य छन्। पठाओ बेनिफिट प्रोग्राम ले यस्तै कठिन परिस्थितिमा राइडरहरूलाई आर्थिक सहयोग प्रदान गरेर उनीहरूको स्वास्थ्य र परिवारको हेरचाह गर्न मद्दत गर्दछ।
हामी चौधरीको साहस र जिम्मेवारीको सम्मान गर्दछौं र आशा गर्छौं कि उनी चाँडै पूर्णरूपमा स्वस्थ भएर पुनः आफ्नो काममा फर्कनेछन्। पठाओ बेनिफिट प्रोग्राम ले चौधरी जस्तै कैयौं राइडरहरूलाई भविष्यमा पनि सधैं सहयोग गर्दै जानेछ।
पठाओ बेनिफिट प्रोग्राम बारे थप जानकारीका लागि Pathao Benefit Program मा क्लिक गर्नुहोस्।
पठाओ सधैं आफ्ना राइडर, क्याप्टेन, र पठाओ हिरोहरू का लागि सुरक्षित, समर्थनपूर्ण र सम्मानजनक वातावरण सिर्जना गर्नमा प्रतिबद्ध छ।