Pathao Connect सँग Safe Ride, थप आम्दानी >> Title
- Newsroom
- September 10, 2026
कहिलेकाहीँ राइड बुक गर्न खोज्दा मोबाइलमा डेटा हुँदैन, ब्याट्री सकिन लागेको हुन्छ, वा नजिकै भेटिएको राइडमै जानुपर्ने अवस्था आउन सक्छ। यस्तो बेला राइड त अफलाइन हुन्छ, तर सुरक्षा र सुविधासँग सम्झौता गर्नुपर्दैन।
यही अनुभवलाई अझ सुरक्षित र सहज बनाउन Pathao Connect ल्याइएको हो।
Pathao Connect मार्फत अफलाइन रूपमा सुरु भएको राइडलाई पनि Pathao सँग जोड्न सकिन्छ। राइड Customer वा Rider—दुवैमध्ये जसले पनि Connect गर्न सक्छन्। एकपटक राइड Connect भएपछि, राइड Pathao मा रेकर्ड हुन्छ र उपलब्ध सुरक्षा सुविधाहरू प्रयोग गर्न सकिन्छ।
Pathao Connect भनेको के हो?
Pathao Connect भनेको अफलाइन राइडलाई Pathao को सिस्टमसँग जोड्ने सुविधा हो।
तपाईंले नजिकैबाट राइड लिनुभयो, भाडा आपसमा तय गर्नुभयो अब त्यो राइड पूर्ण रूपमा अफलाइन रहँदैन।
Connect गरेपछि राइडको विवरण Pathao मा सुरक्षित हुन्छ र verified rider details, live location sharing र safety coverage जस्ता सुविधाहरू उपलब्ध हुन्छन्।
Customer का लागि: राइड अफलाइन भए पनि सुरक्षा अनलाइन
तपाईंलाई बाटोमा भेटिएको राइड लिनुपर्ने भयो भने, Pathao Connect मार्फत त्यो राइड Pathao मा जोड्न सक्नुहुन्छ।
यसका लागि:
१. Rider को 6-digit code वा phone number + OTP प्रयोग गरेर राइड Connect गर्नुहोस्।
२. राइड Pathao मा जोडिएपछि तपाईंको यात्रा trackable हुन्छ।
३. Rider को verified details हेर्न र live location share गर्न सकिन्छ।
४. Fare Rider सँगै तय गर्न सकिन्छ र cash मा payment गर्न सकिन्छ।
अर्थात्, राइड अफलाइन हुन सक्छ, तर तपाईंको सुरक्षा अफलाइन हुँदैन।
Rider का लागि: Offline ride, Connected benefits
Rider साथीहरूका लागि पनि Pathao Connect सजिलो छ।
यदि तपाईंले बाटोमा भेट्नुभएको customer पाउनुभयो भने, customer को phone number, fare र OTP आफ्नो Pathao app मा राखेर राइड Connect गर्न सक्नुहुन्छ।
यसरी राइड Connect गरेपछि:
- राइड Pathao मा logged र trackable हुन्छ
- Customer को ride details सुरक्षित रूपमा record हुन्छ
- Live location sharing जस्ता safety features प्रयोग गर्न सकिन्छ
- Fare आफू र customer बीच mutually agree गर्न सकिन्छ
- 0% commission मा राइड Connect गर्न सकिन्छ
- कुनै platform fee लाग्दैन
- कुनै extra charge बिना offline ride लाई Pathao सँग जोड्न सकिन्छ
- Connect गरिएका राइडमार्फत Pathao Points कमाउने अवसर पनि हुन्छ।
Connection Process: राइड कसरी Connect गर्ने?
Pathao Connect मार्फत Rider र Customer दुवैले दुई तरिकाबाट राइड Connect गर्न सक्छन्:
१. Rider को 6-Digit Code मार्फत
Rider को मोबाइलमा देखिएको unique 6-digit code Customer ले आफ्नो Pathao app मा enter गरेर राइड Connect गर्न सक्छन्। Code confirm भएपछि offline ride Pathao मा Connect हुन्छ।
२. Phone Number & OTP मार्फत
Customer र Rider ले एकअर्काको phone number प्रयोग गरी OTP verification मार्फत राइड Connect गर्न सक्छन्। OTP verify भएपछि राइड Pathao app मा successfully Connect हुन्छ।
केही steps मै राइड Pathao सँग जोडिन्छ।
किन Pathao Connect?
हरेक राइड Pathao app बाट सुरु हुन्छ भन्ने छैन। कहिलेकाहीँ परिस्थितिले तपाईंलाई offline ride लिन बाध्य बनाउन सक्छ।
तर offline ride लिनु भनेको safety छोड्नु होइन।
Pathao Connect ले customer र rider दुवैलाई flexibility र safety सँगै दिन्छ—जहाँ तपाईंले आफूले तय गरेको fare मा cash payment गर्न सक्नुहुन्छ, तर ride लाई Pathao को connected safety features सँग जोड्न पनि सक्नुहुन्छ।