Skip to content

Pathao Blog

Announcements, updates, releases, and more

पठाओ दशैं महोत्सव २०८१ मा 3 जना लाई Honda Shine 125 CC बम्पर उपहार

दशैंको उपलक्ष्यमा सबै राइडर, क्याप्टेन, पाठो हिरो र पार्सल हिरो हरूको लागि अधिक कमाई गर्ने अवसर मिलोस् भन्दै हामीले यहि भाद्र २८ देखि असोज १७ सम्म “पठाओ दशैं महोत्सव २०८१”, २१ दिनका लागि सुरु गर्दै छौँ।

हाम्रो राइड स्यरिंग सुविधा अहिले नेपाल भर उपलब्ध भए पनि, यो दशैं महोत्सव काठमाडौँ उपत्यका का लागि मात्र हुनेछ।

दैनिक 1% Commission Offer पनि भएकाले, राइड लिँदै जाँदा अफिसलाई तिर्नु पर्ने कमिसन घट्दै जानेछ। त्यसैले यो महोत्सव सबै राइडर, क्याप्टेन, पाठो हिरो र पार्सल हिरो हरूको लागि थप कमाई गर्ने राम्रो अवसर हुनेछ।

यो पठाओ दशैं महोत्सव २०८१ मा ३ जना विजेताहरु का लागि Honda Shine 125 CC बम्पर उपहार रहेको छ र विजेताहरु लकी ड्र बाट छानिने छन्।

बम्पर उपहारको लकी ड्र मा पार्नका लागि २१ दिन भित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरु ले १७० भन्दा धेरै राइड या डेलिभरी, ७०% CR या SR का साथ पुरा गर्नु पर्नेछ। 

यो सबै का साथ साथै हालका लागि पठाओ राइडर बन्न इच्छुक हुनेका लागि निशुल्क दर्ता पनि रहेको छ।

अब यो दशैं महोत्सवमा धेरै भन्दा धेरै राइड लिएर कम भन्दा काम कमिसन तिरी थप कमाई गर्दै बम्पर उपहार जित्नुहोस।  

विजय दशमी २०८१ को सबै मा हार्दिक मंगलमय शुभकामना !!

Watch video