Pathao Blog

Announcements, updates, releases, and more

blog image

आफ्नो साधन नभए पनि Pathao Food मा मासिक रु 60,000 सम्म कमाउने मौका !!

हामी पठाओमा सबै जनाको पहुँच समान हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दछौँ र हाम्रो यस मूल्य मान्यता साकार गर्नका लागि Panc Bike सँगको सहकार्यमा दैनिक रु 49* देखि साइकल भाडामा लिएर Pathao Hero बन्ने अफर लिएर आएका छौँ। विविधतालाई प्रोत्साहन गर्ने र विभिन्न वर्गका व्यक्तिहरूलाई हाम्रो प्लेटफर्ममा समावेश गर्ने उद्देश्यका साथमा हामीले अहिले पठाओ फुडमा आबद्ध हुन इच्छुक भएका तर साधन नभएका साथीहरूका लागि नि:शुल्क दर्ताका साथ लिजमा साइकल लिएर फुड डेलिभरी गर्ने मोडालिटी सुरु गरेका छौँ । हाम्रो यस निर्णयले विद्यार्थी तथा हरेक वर्गका साथीहरूलाई समान रूपमा कमाइ गर्ने अवसरहरू प्रदान गर्नुका साथसाथै उहाँहरूको जीवनमा सकारात्मक असर पार्ने आशा गरेका छौँ।

लिज मोडालिटी भनेको के हो?

लिज मोडालिटी भनेको पठाओ हिरोका लागि सहुलियत अनुकुल दैनिक दरमा 3 महिना देखि 24 महिना सम्मका लागि साइकल भाडामा लिन मिल्ने अफर हो। यस अन्तर्गत पठाओ हिरोले भिन्न प्रकारका Hybrid देखि Electric साइकलहरू भाडामा लिन मिल्नेछ।

लिज मोडालिटी अन्तर्गत के कस्ता साइकलहरू कति भाडा दरमा लिन मिल्नेछ?

लिज मोडालिटी अन्तर्गतका साइकल र भाडा दर तल उल्लेखित छन :

Type of Cycle3 month
(Per day charge)
6 month
(Per day charge)
9 month
(Per day charge)
12 month
(Per day charge)
Level 2 Hybrid bicycle7549
Level 2 Hybrid with hydraulic brake150998979
Level 3 Aluminium gear17515012599
Level 3 Aluminium gear225199175149
Electric – Level 2 Electric hybrid399299250199
Electric – Level 4 Electric bicycle [Cascatte motor]699499450399
Electric – Level 5 Electric bicycle [Cascatte motor]799599499450

लिज मोडालिटीका नियम र सर्तहरू के के हुन?

  • लिज शुल्कमा साइकल मर्मतसम्भार र सामान्य वेयर / टियर समावेश गरिएको छ।
  • लिज शुल्कमा Security Deposit भने समावेश गरिएको छैन।
  • आफ्नो लिज सम्झौता अन्य व्यक्तिलाई हस्तान्तरण गर्न मिल्नेछ तर सो व्यक्ति भने आफैले खोजेर ल्याउनुपर्नेछ।
  • यदि लिज लिएका व्यक्तिले भाडामा लिइएको साइकल किन्ने निर्णय गरेमा लिज सम्झौता समाप्त हुनेछ।
  • यदि लिज लिएको साइकलले काम गरिरहेको छैन भने सो साइकललाई अर्को एकै प्रकारको साइकल सँग साटिनेछ।
  • बाह्य क्षति, दुर्घटना क्षति र नराम्रो प्रयोगको क्षतिको जिम्मेवारी भने लिज लिने व्यक्तिले वहन गर्नुपर्नेछ।
  • सक्कली नागरिकता र एउटा बैंक चेक Panc Bike मा लिज अवधि भरका लागि जम्मा गर्नुपर्नेछ।
  • उल्लेखित दरहरू सीमित पठाओ हिरोलाई सिमित अवधिका लागि मात्र लागू हुनेछ।

पठाओमा आवद्ध भएर पठाओ हिरो कसरि बन्ने?

पठाओमा आवद्ध भएर पठाओ हिरो हुन इच्छुक हुनुहुन्छ भने यहाले पठाओ अफिसको नम्बर 01-5970099 मा कल गरि extension – 3 मा सम्पर्क गर्नुहोस्। 

पठाओ हिरोमा रेजिस्टर भएर ट्रेनिंग लिएपछि यहाले लिज मोडालिटी प्रयोग गरि Panc Bike बाट आफ्नो इच्छा अनुसारको साइकल भाडामा लिएर मासिक रु 60,000 सम्म कमाइ गर्न सक्नुहुनेछ।