Pathao Blog

Announcements, updates, releases, and more

blog image

पठाओ हिरोहरूका लागि नयाँ योजनाहरू

हामीले हाम्रा पठाओ हिरो साथीहरूको कमाइमा थप टेवा पुगोस् भनेर दुई नयाँ योजना — “Refer and Earn” र “Joining Bonus” सुरु गरेका छौँ । 

REFER AND EARN योजना

हामीसँग कार्यरत पठाओ हिरो साथीहरूका लागि हामीले “Refer and Earn” योजना लिएर आएका छौँ, जस अन्तर्गत पठाओ हिरो साथीहरूले आफ्ना साथीभाइ, परिवारजान र चिनजानको जो कोही व्यक्तिलाई पठाओ हिरो बन्नका लागि रिफर गरे बापत रु. ३,००० पाउन सक्नु हुनेछ । 

“Refer and Earn” को प्रक्रियालाई दुई भागमा बाँड्न सकिन्छ, जुन यस प्रकार रहेका छन् :

रिफर गर्ने व्यक्तिले गर्नुपर्ने प्रक्रिया 

यदि तपाईँले आफ्नो चिनजानको व्यक्तिलाई हाम्रो प्लेटफर्ममा रिफर गर्दै हुनुहुन्छ भने निम्न प्रक्रिया अपनाउनुहोस् :

  • सर्वप्रथम आफ्नो चिनजानको व्यक्तिलाई पठाओको बारेमा बताउनुहोस् र उहाँलाई आफ्नो Referral Code प्रदान गर्नुहोस्,
  • अब आफ्नो पठाओ ड्राइभ एप खोलि आय (Earnings) मा थिच्नुहोस्,
  • आयमा थिच्नु भएपछि सबैभन्दा तल जानुहोस्,
  • त्यहाँ तपाईँले रेफरल बोनस सँगसँगै “विवरण हेर्नुहोस् (See Details)” लेखिएको बटन देख्न सक्नुहुन्छ,
  • सो बटन थिचेपछि “रिफर गर्नुहोस् र कमाउनुहोस् (Refer and Earn)” लिखिएको पेज खुल्छ,
  • यस पेजमा तपाईँले आफ्नो Referral Code देख्न सक्नुहुन्छ,
  • अब सो Referral Code तपाईँले रिफर गर्नुभएको व्यक्तिलाई प्रदान गरि साइन–अप गर्ने बेलामा नबिर्सि राख्नका लागि आग्रह गर्नुहोस् ।

रिफर हुनुभएको व्यक्तिले गर्नुपर्ने प्रक्रिया

यदि तपाईँलाई आफ्नो चिनजानको व्यक्तिले हाम्रो प्लेटफर्ममा रिफर गर्नुभएको छ भने निम्न प्रक्रिया अपनाउनुहोस् :

  • सर्वप्रथम गुगल प्ले स्टोरबाट पठाओ ड्राइभ एप डाउनलोड गर्नुहोस्

(नोट : हाललाई पठाओ ड्राइभ एप एप्पल एप स्टोरमा उपलब्ध छैन)

  • पठाओ ड्राइभ एप खोलि माथिल्लो दायाँ भागमा रहेको बटन थिचेर भाषा चयन गर्नुहोस्,
  • अब “नयाँ एकाउन्ट बनाउनु होस् (CREATE NEW ACCOUNT)” लेखिएको बटन थिच्नुहोस्,
  • यसपछि आउने पेजमा आफ्नो मोबाइल नम्बर राख्नुहोस्, 
  • अब आफ्नो सहर र सवारी साधन चयन गर्नुहोस्,
  • यसपश्चात् खुल्ने पेजमा सम्पूर्ण आवश्यक विवरणहरू भर्नुहोस्,
  • सोही पेजको तल तिर तपाईँले रेफेरल कोड (REFERRAL CODE) लेखिएको भाग देख्न सक्नुहुन्छ,
  • यहाँ तपाईँलाई रिफर गर्नु भएको व्यक्तिको रिफरल कोड राख्नुहोस्,
  • अन्तिममा “सहमत हुनुहोस् र साइन अप गर्नुहोस् (AGREE & SIGNUP)” बटन थिच्नुहोस्,
  • यति गरिसक्नु भएपछि तपाईँले दर्ता गर्नु भएको नम्बरमा तपाईँको युजरनेम र पासवर्ड SMS  गरिने छ ।

यी सबै प्रक्रिया पूरा भएपछि रिफर गर्नु हुने व्यक्तिले रु. ३,००० पाउनका लागि योग्य हुनु भएको छ । सो रकम रिफर हुनु भएको व्यक्तिले ३५० राइड पूरा गर्नु भएपछि क्वेस्टको रूपमा रिफर गर्नु हुने व्यक्तिलाई प्रदान गरिने छ ।

Joining Bonus योजना

यसै गरि हामीले हाम्रो प्लेटफर्ममा जोडिनु भएका नयाँ पठाओ हिरोहरूका लागि “Joining Bonus” योजना लिएर आएका छौँ । यस कार्यक्रमको अन्तर्गत हामीसँग जोडिनु भएका नयाँ पठाओ हिरोहरूले सजिलैसँग पूरा गर्न सक्नुहुने क्वेस्ट प्रदान गरिने छ, जसको विवरण यस प्रकार रहेको छ : 

क्र.सं.डेलिभरी संख्याअवधिपाइने रकमकम्प्लिसन रेट (CR)
१.३०एक हप्तारु. ५००७०%

यो क्वेस्ट हाम्रा पठाओ हिरो साथीहरूलाई हामीसँग जोडिनु भएको पहिलो हप्तामा नै प्रदान गरिने छ ।

हामीले लिएर आएका यी “Refer and Earn” र “Joining Bonus” योजनाको सहायताले हामीसँग कार्यरत रहिरहनु भएका साथसाथै नयाँ जोडिनु भएका पठाओ हिरोहरूको आयमा थप टेवा मिल्ने छ भन्ने आशा गर्दछौँ ।