Pathao Blog

Announcements, updates, releases, and more

blog image

पठाओ दशैं’ महोत्सव २०७९

पठाओ नेपाल, हाम्रा राइडर, क्याप्टेन र पठाओ फुडमेन साथीहरूको निरन्तर मेहेनत र अमूल्य योगदानले गर्दा नै यस उंचाईमा पुग्न सकेको हो र सोही अमूल्य योगदानको कदर गर्नका लागि हामीले लिएर आएका छौँ — दशैँ महोत्सव २०७९ ! 

यो महोत्सव भाद्र २३, २०७९मा सुरु भएर आश्विन १२, २०७९मा टुङ्गिने एक २१ दिन लामो महोत्सव हो जहाँ हाम्रा राइडर, क्याप्टेन र पठाओ फुडमेन साथीहरूले हरेक हप्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्न सक्नु हुनेछ । त्यस सँग-सँगै राइडर, क्याप्टेन अथवा पठाओ फुडमेन मध्यमा भाग्यशाली दुई जनाले Lucky Draw द्वारा जित्न सक्नुहुनेछ – बम्पर पुरस्कार!

बुझ्नुपर्ने कुराहरू 

१. दशैँ महोत्सव २०७९ कहिलेदेखि कहिलेसम्म हुनेछ?

यो महोत्सव भाद्र २३, २०७९ बाट सुरु भएर आश्विन १२, २०७९ मा टुङ्गिनेछ ।

२. साप्ताहिक लक्की ड्रमा सहभागी कसरी हुने ? 

पठाओ दशैँ महोत्सव २०७९ को साप्ताहिक लक्की ड्रमा सहभागी हुन तपाईँले निम्न मापदण्ड पूरा गरेको हुनुपर्ने छ :

  • राइडर साथीहरूले एक हप्तामा न्यूनतम १०० राइड पूरा गरेको हुनुपर्ने छ जसमा यहाँहरूको Completion Rate ७०% माथि हुनुपर्ने छ,
  • क्याप्टेन साथीहरूले एक हप्तामा न्यूनतम ५० राइड पूरा गरेको हुनुपर्ने छ जसमा यहाँहरूको Completion Rate ६५% माथि हुनुपर्ने छ,
  • पठाओ फुडमेन साथीहरूले एक हप्तामा न्यूनतम ७० डेलिभरी पूरा गरेको हुनुपर्ने छ जसमा यहाँहरूको Completion Rate ९०% माथि हुनुपर्ने छ,

यदि तपाईँले माथि उल्लेखित मापदण्ड पूरा गर्नु भएको छ भने तपाईँ साप्ताहिक लक्की ड्रका लागि योग्य ठहरिनु हुनेछ, जसपछि लक्की ड्रको माध्यमबाट हरेक हप्ता एक भाग्यशाली राइडर, एक भाग्यशाली क्याप्टेन र एक भाग्यशाली पठाओ डेलिभरी हिरो साथी चयन गरिने छ ।

३. बम्पर पुरस्कार जित्नका लागि के गर्नुपर्छ ?

पठाओ दशैँ महोत्सव २०७९ को बम्पर पुरस्कार जित्नका लागि तपाईँले निम्न मापदण्ड पूरा गरेको हुनुपर्ने छ :

  • राइडर साथीहरूले महोत्सवको समयमा न्यूनतम २०० राइड पूरा गरेको हुनुपर्ने छ जसमा यहाँहरूको Completion Rate ७०% माथि हुनुपर्ने छ,
  • क्याप्टेन साथीहरूले महोत्सवको समयमा न्यूनतम १२० राइड पूरा गरेको हुनुपर्ने छ जसमा यहाँहरूको Completion Rate ६५% माथि हुनुपर्ने छ,
  • पठाओ फुडमेन साथीहरूले महोत्सवको समयमा न्यूनतम १८० डेलिभरी पूरा गरेको हुनुपर्ने छ जसमा यहाँहरूको Completion Rate ९०% माथि हुनुपर्ने छ,

यदि तपाईँले माथि उल्लेखित मापदण्ड पूरा गर्नु भएको छ भने तपाईँ बम्पर पुरस्कार जित्नका लागि योग्य हुनु हुनेछ, जसपछि लक्की ड्र मार्फत योग्य राइडर, क्याप्टेन र पठाओ फुडमेन साथीहरूमध्ये भाग्यशाली दुई जनाले जित्न सक्नु हुनेछ बम्पर पुरस्कार !

४. नियमहरू के के हुन् ?

  • राइडर, क्याप्टेन तथा पठाओ डेलिभरी हिरो साथीहरूको खाता दर्ता भएको हुनुपर्ने छ,
  • पठाओ नियमावलीको पालना गर्नुपर्ने छ,
  • अन्लाइन ट्रिप मात्रै लिन पाइने छ,
  • कस्टमर बिना राइड सुरु गर्न पाइने छैन (राइडर’ तथा क्याप्टेनहरुको लागि’ मात्र),
  •  कुनै पनि ड्राइभ खाता Registered राइडर, क्याप्टेन र पठाओ फुडमेनले बाहेक अरूले प्रयोग गर्न पाउने छैनन्,
  • आफ्नै जानपहिचानका व्यक्तिहरूको सहयोग लिएर झुटो तथा जाली ट्रिप गर्न पाइने छैन,
  • महोत्सवको अवधि भरि तपाईँ Suspend भएको हुनु हुँदैन ।

५. पुरस्कारहरू कति जनाले जित्नेछन् ?

हरेक हप्ता तीन जना विजेता गरेर साप्ताहिक लक्की ड्र अन्तर्गत ९ जना विजेता र २ जना बम्पर पुरस्कार विजेता गरि कूल मिलाएर ११ जना विजेताहरू चयन हुनेछन् ।

६. पुरस्कारहरू के के छन् त ?

दशैँ महोत्सव २०७९ अन्तर्गतको साप्ताहिक लक्की ड्रमा निम्नअनुसार पुरस्कारहरू जित्न सकिने छ : 

क्र.सं.बाइकपुरस्कार
१.हप्ता १ – राइडरहिम्स्टार ३२” स्मार्ट टिभी
२.हप्ता २ – राइडरसामसङ्ग १९२ लिटर रेफ्रिजरेटर
३.हप्ता ३ – राइडरहिम्स्टार ३२” स्मार्ट टिभी
क्र.सं.कार लाइटपुरस्कार
१.हप्ता १ – कार क्याप्टेनहिम्स्टार ३२” स्मार्ट टिभी
२.हप्ता २ – कार क्याप्टेनसामसङ्ग १९२ लिटर रेफ्रिजरेटर
३.हप्ता ३ – कार क्याप्टेनहिम्स्टार ३२” स्मार्ट टिभी
क्र.सं.फूडपुरस्कार
१.हप्ता १ – पठाओ फुडमेनहिम्स्टार ३२” स्मार्ट टिभी
२.हप्ता २ – पठाओ फुडमेनसामसङ्ग १९२ लिटर रेफ्रिजरेटर
३.हप्ता ३ – पठाओ फुडमेनहिम्स्टार ३२” स्मार्ट टिभी

यसै गरि दशैँ महोत्सव २०७९ अन्तर्गतको बम्पर लक्की ड्रमा निम्न अनुसार पुरस्कारहरू जित्न सकिने छ :

क्र.सं.पुरस्कार
१.BAJAJ Pulsar 220
२.BAJAJ Discover 125 Disc

७. अरू के के छन् त ?

दशैँ महोत्सव २०७९ को अवधि भरिमा माथि उल्लेखित पुरस्कारहरू बाहेक निम्न सुविधाहरू पनि छन् :

  • पठाओ राइडर बन्न इच्छुकहरु’का लागि २१ दिनसम्म निःशुल्क दर्ता,
  • साप्ताहिक क्वेस्ट जित्ने अवसर ।

८. विजेता कसरी चयन गरिन्छ ?

मापदण्ड पुगेका राइडर, क्याप्टेन र पठाओ फुडमेन साथीहरूबाट लक्की ड्रको मार्फत विजेता चयन गरिनेछ ।

९. विजेताहरू कहिले चयन हुन्छन् ?

विजेताहरू फेसबुक लाइभबाट घोषणा गरिने छ । विजेता घोषणा गरिने समय हामीले फेसबुक मार्फत तपाईँहरूलाई जानकारी गराउने छौँ ।

दशैँ महोत्सव २०७९ मा तपाईँहरूले धेरैभन्दा धेरै राइड र डेलिभरीहरू पूरा गरि एकदमै आकर्षक पुरस्कारहरू जित्न सक्नु हुनेछ । 

पठाओ नेपालको तर्फबाट बडा दशैँको अग्रिम शुभकामना !