Yamaha र Pathao बीच साझेदारी!
- Newsroom
- September 18, 2023
In picture: Dipak Rauniyar (GM – Yamaha) & Suraksha Hamal (Head of Marketing – Pathao)
Pathao Nepal Pvt Ltd र Morang Auto Works Pvt Ltd (Yamaha) बीच पठाओ नेपालको पाँचौ वार्षिकोत्सवको अवसरमा आगामी एक वर्षका लागि साझेदारी भएको छ जस अन्तर्गत, पठाओ राइडर, पठाओ हिरो, टुक-टुक चालक तथा क्याप्टेन साथिहरुका लागि Yamaha FZ सिरिज, स्कुटर र Saluto को खरिद वा Exchange मा मात्र लागू हुनेछन्।
यसमा भाग लिनका लागि योग्यता:
१. पठाओ राइडर, पठाओ हिरो, टुक-टुक चालक वा क्याप्टेनको रुपमा ६ महिना भन्दा अधिक समय देखि कार्य गरिरहेको हुनुपर्ने छ |
२. नयाँ दर्ता भएका राइडर वा पठाओ हिरोहरुले लाभ लिनका लागि भने उपत्यका भरि या चितवन क्षेत्रमा अरु व्यवसाय या कमाई गरिरहेको विवरण बुझाउनु पर्ने छ |
३. औसत व्यक्तिगत आय (Average Monthly कमाइ) ब्याज रकम को कमसेकम ३ गुणा हुनुपर्ने छ |
कसरि यस स्किममा भाग लिने?
१. नगद खरिदमा (On Cash Purchase)
पठाओ राइडर, पठाओ हिरो, टुक-टुक चालक तथा क्याप्टेन साथिहरुले यामाहा मोटरसाइकल र स्कुटरको कुनै पनि तोकिएको मोडलको प्रत्येक खरिदमा रु.१४,९०० नगद छुटको सुविधा पाउनेछन र प्रत्येक खरिदमा एउटा हेल्मेट पनि पाउनेछन ।
२. वित्त खरिदमा ( On Finance Purchase)
पठाओ राइडर, पठाओ हिरो, टुक-टुक चालक तथा क्याप्टेन साथिहरुले यामाहा मोटरसाइकल र स्कुटरको कुनै तोकिएको मोडेल खरिद गर्नका लागि MAW Investment Pvt. Ltd द्वारा तोकिएको नियम र सर्तहरू अनुसार निम्न मध्ये कुनै पनि वित्तीय सुविधा छनोट गर्न सक्नेछन। प्रत्येक खरिदमा एउटा हेल्मेट पनि पाउनेछन्।
Scheme | Interest | Downpayment | Tenure |
1 | 0% ब्याजदर | 50% डाउन पेमेन्ट | 12 महिनाको अवधिको साथ |
2 | 9.99% ब्याजदर | 30% डाउन पेमेन्ट | 24 महिनाको अवधिको साथ |
3 | 8.99% ब्याजदर | 40% डाउन पेमेन्ट | 24 महिनाको अवधिको साथ |
३. Annual Maintenance Charge (AMC) मा विशेष दर:
Yamaha का कुनै पनि दुई-पांग्रेहरूको लागि AMC दरहरू पठाओ राइडर, पठाओ हिरो, टुक-टुक चालक तथा क्याप्टेन साथिहरु सबैको लागि निम्नानुसार लागू हुनेछ:
- FZ 150 series: NPR 1,000 प्रति गाडी – वार्षिक शुल्क
- Saluto, SZ-RR र Scooter: NPR 900 प्रति गाडी – वार्षिक शुल्क
४. के-के कागजात चाहिन्छ?
यस स्किमहरु मा Yamaha का दुई-पांग्रेहरु खरिद वा सट्टा-पट्टा गर्न आवश्यक कागजात हरु निम्नानुसार छन्:
क) पठाओ अफिस WIS बाट आफु दर्ता भई कति समय कार्य गरेको तथा कमाइको सर्टिफिकेट लिन पर्ने छ
ख) सर्टिफिकेट लिई सकेपछि सिधै तल दिईएको Yamaha showroom हरु मा जानु पर्नेछ या पठाओ अफिसमा रहनुभएका Yamaha प्रतिनिधि मार्फत पनि खरिद प्रक्रिया अगाडी बढाउन सकिनेछ |
५. कुन मोडलमा लागु हुनेछ?
यो स्किम Yamaha FZ सिरिज, स्कुटर र Saluto को खरिद वा Exchange मा मात्र लागू हुनेछ। मुल्य सम्बन्धि जानकारी का लागि यहाँ क्लिक गर्नुहोस् |
यो योजना काठमाडौं उपत्यका र चितवनका पठाओ राइडर, पठाओ हिरो, टुक-टुक चालक तथा क्याप्टेन साथीहरुका लागि लागू हुनेछ । अहिले काठमाडौं उपत्यकामा कान्तिपथ डिलरबाट र चितवनमा यो योजना पर्सादेखि कावासोतीसम्म उपलब्ध यामाहा शोरुममा लागू हुनेछ।
यो योजना कार्तिक २०८० सम्म का लागि मात्र मान्य रहनेछ |
थप जानकारीका लागि काठमाडौं उपत्यका र चितवनको यामाहा सम्पर्क नम्बर तल दिईएको छः
नाम | सम्पर्क नम्बर | लोकेसन |
G.R.S. Two Wheelers Pvt. LTD.,जमल, कान्तिपथ | 9802309960, 9802324081, 01-5327515 | Jamal, Kantipath, Kathmandu |
Navin Auto Care, कावासोति | 9855060878, 9802499400, 078-540364 | Hall Chowk, Kawasoti |
Kalika Motorcycle Parts, पार्सा र टन्डी | 9855058499, 9855062761, 078-540364, 056-582861 (Parsa), 056-562761 (Tandi) | Parsa & Tandi |
Navin Auto Centre, Narayanghat | 9855060878, 9845449529, 056-596405 | Narayanghat |
स्किम सम्बन्धि अधिक जानकारीका लागि पठाओ सम्पर्क नम्बर: ०१-५९७००९९ !