Pathao Blog

Announcements, updates, releases, and more

blog image

Pathao बिमा साक्षरता कार्यक्रम

बिगत लामो समय देखी पठाओले आफ्ना सेवाग्राही र राईडर्सको सुरक्षालाई मध्यनजर गर्दै, बीमा सेवा दिदैँ आईरहेको छ। यो सेवा भित्र 1 लाख सम्मको उपचार बीमा र 10 लाख सम्मको दुर्घटना बीमा रहेको छ। यही बिमा सम्बन्धी जानकारी र पहुँच बढाउने विश्वासका साथ पठाओले “बिमा साक्षरता कार्यक्रम” को आयोजना गरेका थियो। 

फागुन १३ गतेको दिन एम्बेसी रेस्टुरेन्टमा आयोजना भएको यो कार्यक्रम, पठाओको Facebook र TikTok पेज बाट लाइभ प्रसारण पनि भएको थियो। करिब बिहान 11:30 को समयमा सुरु भएको यो प्‍यानल छलफलको मोडरेटर जय प्रधान रहेका थिए। प्‍यानलमा भने पठाओ नेपालका म्‍यानेजिङ्ग डाईरेक्टर असिम मान सिंह बस्न्यात ज्यु र Everest Safety Coverage का Deputy CEO पवन थापा रहनु भएको थियो। प्‍यानलको साथ साथै यस कार्यक्रममा अडियन्सको पनि राम्रो सहभागिता रहेको थियो। राईडर, क्‍यापटेन, फुडमेन र सेवाग्राही रहेका दर्शकले, आफ्ना जिज्ञासा र आफ्ना कथाहरु प्‍यानल सामु राखेका थिए र सो अनुसारको जवाफ वा जानकारी पनि पाएका थिए। लाइभ प्रसारण भएको कारण Facebook र TikTok मा हजारौँ दर्शकहरू द्वारा सोधिएका प्रश्नको उत्तर पनि प्यानलले दिईँनै रहेको थियो। करिब साढे २ घण्टा सम्म चलेको यस छलफलले बीमा सम्बन्धी भएका सबै जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिने प्रयास गरेको हो।                                         

तपाईँको गन्तव्य सुरक्षित र सुनिश्चित, पठाओ बीमाको साथ।

यस कार्यक्रमका केही झलकहरु: