Pathao Blog

Announcements, updates, releases, and more

blog image

फरक क्षमताभएका राइडरलाई नि:शुल्क दर्ता

हामी पठाओमा सबै जनाको पहुँच समान हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दछौँ र हाम्रो यस मूल्य मान्यता साकार गर्नका लागि हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ । हाम्रो यही मूल्य मान्यतालाई मध्यनजर गर्दै, विविधतालाई प्रोत्साहन गर्ने र विभिन्न वर्गका व्यक्तिहरूलाई हाम्रो प्लेटफर्ममा समावेश गर्ने उद्देश्यका साथमा हामीले अहिले पठाओमा आबद्ध हुन इच्छुक फरक क्षमता भएका साथीहरूका लागि नि:शुल्क दर्ता सुरु गरेका छौँ । हाम्रो यस निर्णयले हाम्रा फरक क्षमता भएका साथीहरूलाई समान रूपमा कमाइ गर्ने अवसरहरू प्रदान गर्नुका साथसाथै उहाँहरूको जीवनमा सकारात्मक असर पार्ने आशा गरेका छौँ ।

नेपाल सरकारले “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४” अन्तर्गत फरक क्षमता भएका व्यक्ति अथवा अपाङ्गता भएका व्यक्तिलाई “शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ ।” भनि परिभाषा प्रदान गरेको छ ।

यदि तपाईँ फरक क्षमताको हुनुहुन्छ र तपाईँ पठाओ राइडर बन्न इच्छुक हुनुहुन्छ भने तपाईँलाई निम्नलिखित कुराहरू आवश्यक पर्ने छ :

१. सवारी चालक अनुमति पत्र (Driving License)

२. एन्ड्रोइड स्मार्टफोन

३. नवीकरण गरिएको ब्लु बुक

४. अपाङ्गता परिचयपत्र

(अपाङ्गता परिचयपत्र सम्बन्धी थप जानकारीका लागि यहाँ थिच्नुहोस् ।)

यदि तपाईँसँग माथि उल्लेख गरिएका कुराहरू छन भने तपाईँले घरै बसेर पठाओमा आफूलाई राइडरको रूपमा दर्ता गर्न सक्नुहुन्छ, जसका लागि तपाईँले निम्न प्रक्रिया अपनाउनु पर्ने छ :

  • आफ्नो फोनको गुगल प्ले स्टोरमा गएर Pathao Drive एप डाउनलोड गर्नुहोस् (यो एप एन्ड्रोइडमा मात्रै उपलब्ध छ),
  • कारोबारका लागि Chhito Paisa एप डाउनलोड गरि सो एपमा खाता बनाउनुहोस्,
  • अब पठाओ ड्राइभ एप खोलि माथिल्लो दायाँ भागमा रहेको बटन थिचेर भाषा चयन गर्नुहोस्,
  • अब “नयाँ एकाउन्ट बनाउनु होस् (CREATE NEW ACCOUNT)” लेखिएको बटन थिच्नुहोस्,
  • यसपछि आउने पेजमा आफ्नो मोबाइल नम्बर राख्नुहोस्,
  • अब आफ्नो सहर र सवारी साधनमा बाइक चयन गर्नुहोस्,
  • यसपश्चात् खुल्ने पेजमा सम्पूर्ण आवश्यक विवरणहरू भर्नुहोस्,
  • यदि तपाईँलाई कसैले रेफर गर्नुभएको छ भने यही पेजको तल तिर रेफेरल कोड (REFERRAL CODE) लेखिएको भागमा तपाईँलाई रिफर गर्नु भएको व्यक्तिको रिफरल कोड राख्नुहोस्,
  • अन्तिममा “सहमत हुनुहोस् र साइन अप गर्नुहोस् (AGREE & SIGNUP)” बटन थिच्नुहोस्,
  • यति गरिसक्नु भएपछि तपाईँले दर्ता गर्नु भएको नम्बरमा तपाईँको युजरनेम र पासवर्ड SMS गरिने छ ।

यसरी तपाईँले घरै बसेर सजिलैसँग आफूलाई पठाओ राइडरको रूपमा दर्ता गर्न सक्नुहुन्छ । यति गरिसक्नु भएपछि अब तपाईँले आफ्नो अपाङ्गता परिचयपत्र लिएर पठाओको बानेश्वर कार्यालय गएर सम्झौतामा सही गर्नुपर्ने हुन्छ जसपश्चात् तपाईँको पठाओ ड्राइभ नि:शुल्क रूपमा Activate गरिने छ । अब तपाईँले सजिलैसँग पठाओमा राइडहरू लिएर अत्याधिक कमाइ गर्न सक्नुहुन्छ र तपाईँले पठाओमा आबद्ध भए बापत पहिलो महिनामै रु. २,००० बराबरको सरल Quest पनि प्राप्त गर्नु हुनेछ ।

त्यसै गरि यदि तपाईँले आफूले चिनेको फरक क्षमताको व्यक्ति हुनुहुन्छ र उहाँ पठाओमा आबद्ध हुन इच्छुक हुनुहुन्छ भने उहाँलाई हाम्रो प्लेटफर्ममा रिफर गर्न नबिर्सिनुहोला ! किनभने, अहिले हामीले “स्पेसल १०००” योजना पनि लिएर आएका छौँ जसअन्तर्गत तपाईँले हरेक रेफरल बापत रु. १,००० पाउन सक्नुहुन्छ थप जानकारीका लागि यो भिडियो हेर्नुहोला । 

पठाओमा अहिले पनि केही फरक क्षमता भएका राइडरहरू हुनुहुन्छ, जसमध्ये एक हुनुहुन्छ — पुनम मिश्रा । उहाँको कथा हेरेर हामी सबैलाई आत्मविश्वास सहित अगाडि बढ्न प्रेरित गर्दछ ।