Pathao Blog

Announcements, updates, releases, and more

blog image

Pathao चढ्दा Online ride नै किन ?

जीवनका सबै लामो र छोटो यात्रामा पठाओले तपाईँको साथ दिदैँ आएको छ। तपाईँहरुको दैनिकी सहज बनाउनको साथ साथै एक सजिलो र सुलभ रोजगारको बाटो पनि पठाओले प्रदान गर्दै नै आएको छ। दर्ता गर्न पनि सजिलो र आम्दानी पनि राम्रो भएको कारण हजारौं राईडर तथा क्‍याप्‍टेनहरुको पहिलो रोजाइ बनि सकेको छ पठाओ।

पठाओमा राईडहरु लिन निकै नै सजिलो भएता पनि केही कुराहरुको ख्याल भने राख्नु पर्नेहुन्छ। तपाईँहरुको सुरक्षा नै हाम्रो प्राथमिकता भएको कारण सधै Online Rides लिन हुन पठाओले पहल गरि नै राखेको हुन्छ। यदि राईड Online नभएमा हामीले तपाईँको यात्राको जानकारी पाउँने छैनौ र Live Tracking पनि गर्न सक्ने छैनौ। यसो हुदा केही नराम्रो घटना घटेमा हामीले तपाईँले सहायता गर्न पाउने छैनौँ। तपाईँले लिनुहुने राईडको, हाम्रो System मा केही जानकारी नहुने भएकोले दुर्घटना भएको खन्‍डमा बीमा सम्बन्धी सेवा पनि हामीले प्रदान गर्न सक्ने छैनौँ।

आफुले लिएको राईड Online छ या छैन भनि थाहा पाउन के के कुराहरु ध्यानमा राख्‍ने त ? पहिलो त पिकअप लोकेसनमा राईड Start भएको छ या छैन र गन्तव्‍यमा पुगे पछि राईड End भएको छ कि छैन याद गर्ने। दोस्रो भनेको मोबाईलमा राईड “सुरु भयो” भनि नोटिफिकेसन आएको छ कि छैन हेर्ने। यि कुराहरु ध्यानमा राखे तपाईँले सजिलै संग Online rides लिन सक्नुहुन्छ।

Online Rides र बीमाको बारे थप जानकारी पाउनको लागि हाम्रो बीमा सम्बन्धी Blog हेर्नु होला।