Pathao Blog

Announcements, updates, releases, and more

blog image

Auto Close: पठाओ चालक साथीहरुका लागि नयाँ फिचर

पठाओमा Online बस्दा चाहे त्यो ट्राफिक जामको कारणले होस् या फोनको समस्या होस् या अन्य कुनै कारण होस्, तपाईँलाई आएको Request हरू Skip भइरहेको हुन सक्छ र सो Skip हरूको कारण, तपाईँको Completion Rate घट्न सक्छ । Completion Rate को कमीले गर्दा तपाईँको कमाइमा असर नपरोस् भन्ने आशा गर्दै हामीले Auto-Close नामको नयाँ फिचर लिएर आएका छौँ ।

Auto-Close यदि केही कारणवश तपाईँलाई आएको राइड Request हरू निरन्तर रूपमा Skip भएको छ अथवा सो Request हरूमा तपाईँबाट कुनै पनि प्रतिक्रिया आएको छैन भने System द्वारा तपाईँको Account स्वत: Offline हुने एक नयाँ फिचर हो । यस फिचरले हाम्रा सेवाग्राहीहरूको पठाओसँगको अनुभव अझै राम्रो हुनुका साथसाथै झुकिएर Online हुनु भएका हाम्रा राइडर तथा क्याप्टेन साथीहरूको CR बिग्रनबाट पनि जोगाउने छ

यदि तपाईँको Account, Auto-Close भएर Offline भएको छ र तपाईँ Online बस्न चाहनु हुन्छ भने तपाईँले पठाओ ड्राइभ एपको Homepage को माथि पट्टि रहेको ठूलो Offline बटनलाई थिचेर सजिलैसँग आफैँलाई Online बनाउन सक्नु हुन्छ । आफैँलाई Online बनाउनका लागि कुनै पनि अतिरिक्त प्रक्रिया रहेको छैन ।

यस बारे थप जानकारी चाहिएमा ०१-५९७००९९ मा सम्पर्क गर्नसक्नुहुन्छ |