Pathao Blog

Announcements, updates, releases, and more

blog image

सुरक्षित यात्राका लागि “पठाओ कवच”

हरेक दिन लाखौं मानिसहरुको जीवनमा एउटा सहजता, सुनिश्चितता र साथीको पात्र हामी बन्दै आएका छौँ। तपाईँको जीवनको यात्रामा हाम्रो सधैं रहँदै आएकै छ। यो यात्रामा सुरक्षाको आभास हुन उत्तिकै जरुरि छ र यो विश्वास अझै प्रगाढ बनाउने सधै हाम्रो प्राथमिकता रहने छ। 

त्‍यसै कारण हाम्रा सेवाग्राहीको सुरक्षालाई मध्य नजर गर्दै हामीले अगि ल्‍याएका छौं पठाओ कवच। अर्थात पठाओमा अनलाईन राईड लिदा तपाईँले पाउनु हुने सुरक्षाका सेवा सुविधाहरु। पठाओ कवचका सेवा या विशेषताहरुलाई हामीले निम्‍न ५ बुंदामा बाँडेका छौँ।     

१. हरेक यात्रा बीमा द्वारा सुरक्षित ! 

तपाईँको हामी संगको यात्रा सुरक्षित बनाउन रु १ लाख सम्मको उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना बीमाको सेवा पठाओ कवचको अन्तर्गत प्रदान गरेका छौँ।   यस बीमा भने Everest Safety Coverage Company Ltd को साथमा दिईएको छ |

२. प्रशिक्षित र प्रमाणित राइडरहरु 

तपाईँहरुको हामी संगको यात्रा सुमधुर र सहज बनाउनका लागी पठाओ कवच अन्तर्गत हाम्रा सबै राइडरहरु प्रशिक्षित, भरपर्दो र प्रमाणित छन्।  

३. २४ सै घण्टा कल-सेन्टर सेवा

पठाओ कवचको सुरक्षा अन्तर्गत तपाईँले कुनै पनि समस्या दर्ता वा केही जानकारी लिनुहोस्, हामी २४ सै घण्‍टा तपाईँको सेवामा समर्पित छौँ। 

४. एप भित्रै आपतकालिन प्रहरी सम्पर्क सेवा

पठाओ कवचको अर्को विशेषता अन्तर्गत कुनै आपतकालिन समयको खण्डमा तपाईँले हाम्रो एप भित्र बाट नै प्रहरीमा सम्पर्क गर्न सक्नुहुन्छ। 

५.  हरेक राइड ट्रयाक र शेयर

तपाईँले एप भित्र बाट नै आफ्नो राइड Track गर्नुसक्नुहुन्छ र आफ्नो परिवार वा साथीभाईहरु संग आफ्नो राइडको प्रत्यक्ष / लाईभ लोकेसन सेयर पनि गर्न  सक्नुहुन्छ। 

पठाओ कवच, तपाईँको सुरक्षित यात्राको भरपर्दो सहयात्री।