Pathao Blog

Announcements, updates, releases, and more

blog image

अब Order बढाउनुस्, Discount आफै बढ्छ

Pathao Parcel ले merchant हरूका लागि नयाँ Dynamic Discount System ल्याएको छ। अब तपाईंले पाउने discount कुनै fixed category मा मात्र निर्भर हुँदैन। तपाईंले एक महिनामा कति parcel पठाउनुहुन्छ भन्ने आधारमा तपाईंको discount बढ्दै जान्छ।

सरल भाषामा भन्नुपर्दा—जति धेरै packages, त्यति ठूलो saving।

Order Volume अनुसार Discount

नयाँ system मा monthly order volume अनुसार discount स्वतः लागू हुन्छ:

Monthly OrdersDiscount
1–50 OrdersStandard Rate
51–400 OrdersRs. 15 OFF/order
401–10,000 OrdersRs. 45 OFF/order

यसका लागि छुट्टै registration, category upgrade वा manual approval चाहिँदैन। तपाईंले order पठाउँदै जानुहुन्छ, र applicable slab पुगेपछि system ले discount automatically apply गर्छ।

उदाहरणका लागि, तपाईंले एक महिनामा 500 orders पठाउनुभयो भने पहिलो 50 orders standard rate मा जान्छन्। 51 देखि 400 सम्मका orders मा Rs. 15 discount लागू हुन्छ भने 401 देखि 500 सम्मका orders मा Rs. 45 discount लागू हुन्छ।

यसरी तपाईंको parcel volume बढ्दै जाँदा delivery मा हुने saving पनि बढ्दै जान्छ।

हरेक महिना नयाँ सुरुवात

Online business को order volume हरेक महिना एउटै हुँदैन। Festival season, campaigns वा demand अनुसार कुनै महिना order धेरै आउन सक्छ भने कुनै महिना कम हुन सक्छ।

त्यसैले Dynamic Discount System पनि monthly basis मा काम गर्छ। नयाँ महिना सुरु भएपछि order count फेरि सुरु हुन्छ र त्यस महिनाको volume अनुसार discount unlock हुँदै जान्छ।

यसको अर्थ, कुनै एक महिनाको कम order ले अर्को महिनाको discount opportunity लाई असर गर्दैन।

Pricing Structure पनि सरल, केही Routes मा अझ बढी Saving

Dynamic Discount सँगै Pathao Parcel को pricing structure पनि update गरिएको छ। पहिलेका विभिन्न delivery zones लाई अब Inside Valley, Major Cities र Remote Cities गरी तीनवटा मुख्य समूहमा simplify गरिएको छ।

यो change ले pricing बुझ्न सजिलो बनाउनुका साथै केही routes मा base delivery rate नै कम गरेको छ।

Routeपहिलेको Rateनयाँ RateSaving
Tier 2 → Major CitiesRs. 190Rs. 170Rs. 20/order
Tier 4 → Remote CitiesRs. 250Rs. 220Rs. 30/order

यसको अर्थ, केही routes मा merchant ले Dynamic Discount सुरु हुनुअघि नै lower base rate बाट saving पाउन सक्छ।

Tier Wise Cities दरका लागि यो फाइल हेर्नुहोस्।

त्यसमाथि monthly order volume बढ्दै जाँदा Rs. 15 वा Rs. 45 को Dynamic Discount थपिँदै जान्छ। अर्थात्, नयाँ system मा saving दुई ठाउँबाट आउन सक्छ—updated pricing structure बाट कम base rateorder volume बढेसँगै थप discount

आफ्नो Progress आफै Track गर्नुस्

आफ्नो discount कति भयो भनेर छुट्टै हिसाब राखिरहनुपर्दैन। Pathao Parcel Merchant Panel को Benefits & Rewards section बाट तपाईंले आफ्नो monthly order progress र applicable benefits हेर्न सक्नुहुन्छ।

त्यहाँ तपाईंले आफ्नो current order volume, discount slab र अर्को benefit unlock गर्न कति orders बाँकी छन् भन्ने जानकारी सजिलै हेर्न सक्नुहुन्छ।

यसले monthly delivery cost plan गर्न र आफ्नो next order milestone तय गर्न पनि सजिलो बनाउँछ।

तपाईंको Growth, तपाईंको Saving

Business बढ्दै जाँदा तपाईंले बढी customers serve गर्नुहुन्छ र बढी parcels पठाउनुहुन्छ। अब त्यो growth को benefit delivery cost मा पनि देखिन्छ।

51 orders पछि Rs. 15 OFF/order401 orders पछि Rs. 45 OFF/order unlock हुन्छ। Category upgrade कुर्नुपर्दैन, discount request गर्नुपर्दैन—तपाईंको monthly parcel volume ले नै तपाईंको benefit तय गर्छ।

More Packages. Bigger Savings. 📦

Pathao Parcel को नयाँ Dynamic Discount System September 2026 देखि लागू हुनेछ।

आफ्नो updated pricing, current slab र अन्य benefits बारे थप जानकारीका लागि Merchant Panel को “Benefits & Rewards” section हेर्नुहोस्।

Pathao Parcel
तपाईंको व्यापार, हाम्रो डेलिभरी।