Pathao Blog

Announcements, updates, releases, and more

blog image

पठाओ दशैँ महोत्सव २०८० मा Daily 1% Commission Offer, राइडरहरूको कमिसन घट्दै

“कम कमिसन धेरै कमाई, यो दशैँ रमाई रमाई” सन्देशका साथ आउँदै गरेको बडादशैँको अवसरमा असोज ८ गते देखि २८ गते सम्मका लागि काठमाडौँ उपत्यकामा ‘पठाओ दशैँ महोत्सव २०८०’ सुरू भएको छ।

यस महोत्सवमा राइडर र क्याप्टेनहरूका लागि दैनिक 1% कमिसन अफरका साथै बम्पर उपहारमा राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि दुई वटा Yamaha Ray Z R Hybrid Scooter रहेको छ।

दैनिक १% कमिसन अफर भनेको के हो?

दैनिक 1% कमिसन अफरमा पठाओ दशैँ महोत्सवको अवधिभर काठमाडौँ उपत्यकाका राइडर र क्याप्टेनहरूले दैनिक केही बढी राइड लिँदै जाँदा हरेक राइडमा कमिसन घट्दै जानेछ र अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ % सम्म आउनेछ। कमिसन घटेको जानकारी राइडर र क्याप्टेनहरूलाई Drive App मा Notification द्वारा दिइनेछ।

दैनिक १% कमिसन अफरमा कति राइड लिँदा कति कमिसन घट्दै जाने छ त?

Bike राइडमा:

कति राइड?कति कमिसन?
१ – ४ राइड२०% कमिसन
५ – ९ राइड१५% कमिसन
१० – १४ राइड१०% कमिसन
१५ – १९ राइड५% कमिसन
२०+ राइड१% कमिसन

Car राइडमा:

कति राइड?कति कमिसन?
१ – २ राइड१५% कमिसन
३ – ५ राइड १०% कमिसन
६ – ८ राइड५% कमिसन
९+ राइड१% कमिसन

बम्पर उपहार के हो र कसरी जित्ने?

‘पठाओ दशैँ महोत्सव २०८०’ मा YAMAHA सँगको सहकार्यमा काठमाडौँ उपत्यकामा दुई जना राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि बम्पर उपहारमा Yamaha Ray Z R Hybrid Scooter रहेको छ। 

यस महोत्सव अवधिमा नियम र मापदण्डहरू पालना गरि राइडहरू पुरा गर्ने राइडर, क्याप्टेन र पठाओ हिरोसाथीहरू मध्य बाट लक्की ड्र गरि बम्पर बिजेता रोजिनेछ र असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी बम्पर पुरस्कार घोषणा गरिनेछ।

बम्पर उपहारका लागि नियम र मापदण्डहरू के के छन?

को?पुरा गर्नु पर्ने राइडपूर्णता दर (CR)
Rider                                      250+                   70%
Captain             120+  65%
Pathao Hero200+ 85%

बम्पर उपहारका लागि नियमहरू:

– राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरुको खाता दर्ता भएको हुनुपर्ने छ।

– पठाओ नियमावलीको पालना गर्नुपर्ने छ।

– अनलाइन ट्रिप मात्रै लिन पाइने छ।

– कस्टमर बिना राइड सुरु गर्न पाइने छैन।

– आफ्नै जान पहिचानका व्यक्तिहरूको सहयोग लिएर झुटो तथा जाली ट्रिप पाइने छैन।

– महोत्सवको अवधि भरि तपाईँ Suspend भएको हुनु हुँदैन।

यो दशैँ पठाओ दशैँ महोत्सवका साथ धेरै भन्दा धेरै राइड लिएर कम कमिसन तिरी बम्पर उपहारमा Yamaha Ray Z R Hybrid Scooter जित्नका लागि आजै पठाओमा आवद्ध हुनुहोस्, सम्पर्क न. ०१-५९७००९९ ।

Pathao Nepal Pvt Ltd र Morang Auto Works Pvt Ltd (Yamaha) बीच पठाओ नेपालको पाँचौ वार्षिकोत्सवको अवसरमा आगामी एक वर्षका लागि साझेदारी भएको छ। यसै अन्तर्गत सबै पठाओ राइडर, पठाओ हिरो, टुक-टुक चालक तथा क्याप्टेन साथिहरुका लागि Yamaha FZ सिरिज, स्कुटर र Saluto को खरिद वा Exchange मा कार्तिक मसान्त भरि 0% EMI छुट पनि हुनेछ। (योजना सम्बन्धि विस्तृत जानकारी यहाँ )

हाम्रा राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरुलाई विजया दशमीको शुभकामना !!