Pathao Blog

Announcements, updates, releases, and more

blog image

Pathao Intercity Ride: अब लामो दूरीका Ride बाट थप कमाइ गर्ने नयाँ अवसर

Pathao Intercity

यात्रुहरूको आवश्यकता अनुसार सेवा विस्तार गर्ने क्रममा पठाओले अब “पठाओ इन्टरसिटि राइड” सेवा राइडर तथा क्याप्टेन साथीहरूका लागि उपलब्ध गराएको छ। यस सेवामार्फत अब राइडर तथा क्याप्टेनहरूले नेपालभरिका विभिन्न सहरहरू बिचका लामो दूरीका राइड लिन सक्ने सुविधा प्राप्त गरेका छन्।

“पठाओ इन्टरसिटि राइड” भनेको के हो?

“पठाओ इन्टरसिटि राइड” भनेको राइडर तथा क्याप्टेनहरूले आफ्नो ठाउँ बाट नेपालका जुनसुकै सहर जाने राइड लिन सक्ने सेवा हो।

यस सेवामार्फत अब राइडर तथा क्याप्टेनहरूले केवल आफ्नो सहर भित्र मात्र होइन, देशभरिका विभिन्न गन्तव्यका यात्रुहरूलाई सेवा दिन सक्नेछन्।

उदाहरणका लागि:

  • काठमाडौँका चालकले पोखरा, चितवन वा अरू कुनै सहर सम्म
  • पोखराका चालकले चितवन, बुटवल वा अरू कुनै सहर सम्म
  • वा नेपालका अन्य कुनै पनि सहरहरू बिचका यात्रा

राइड लिने प्रक्रिया

“पठाओ इन्टरसिटि राइड” लिने प्रक्रिया सामान्य राइड जस्तै सरल छ। कुनै अतिरिक्त प्रक्रिया वा विशेष सेट अप आवश्यक छैन।

  • आफ्नो Pathao Driver App खोल्नुहोस्
  • उपलब्ध Intercity Ride request हेर्नुहोस्
  • Ride accept गर्नुहोस्
  • यात्रु पिक अप गरी गन्तव्यसम्म पुर्‍याउनुहोस्
  • यसरी नै सामान्य ride जस्तै सरल तरिकाले Intercity Ride सेवा लिन सकिन्छ।

लामो दूरीका Intercity rides मार्फत राइडर तथा क्याप्टेनहरूले एकै ride बाट बढी कमाइ गर्ने अवसर प्राप्त गर्न सक्नेछन्।

यस सेवाले दैनिक कमाई क्षमता बढाउने सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ, किनभने लामो दूरीका यात्रा सामान्यतया उच्च मूल्यका हुन्छन्।

Commission संरचना

“पठाओ इन्टरसिटि राइड” मा पनि सामान्य राइड सरह नै कमिसन संरचना लागू गरिएको छ।

  • केवल 10% commission लागू हुनेछ
  • कुनै अतिरिक्त शुल्क वा लुकेको शुल्क हुनेछैन

“पठाओ इन्टरसिटि राइड” राइडर तथा क्याप्टेनहरूको लागि लामो दूरीका यात्रा मार्फत कमाइ बढाउने नयाँ अवसर हो। पठाओ सँग अब यात्रा मात्र होइन, अवसर पनि देशभरि विस्तार हुँदै छ।