अब Pathao Hero हरुले सजिलै QR कोडमार्फत Due भुक्तानी गर्न सक्ने!
- Newsroom
- March 26, 2025
Pathao Nepal ले आफ्नो चालकहरूलाई डिजिटल, सुरक्षित र छिटो सेवा प्रदान गर्न प्रतिबद्ध छ। यही उद्देश्यका साथ, हामीले QR कोडमार्फत सहजै डिउ भुक्तानी गर्न सकिने सुविधा सुरु गरेका छौँ। हाम्रो Chhito Paisa सेवामा हाल System Update भैरहेको हुँदा हालका लागि सबै Pathao Rider Hero हरुले आफ्नो Due तथा Fine भुक्तानी QR कोड प्रयोग गरेर गर्न सक्नुहुनेछ।
QR कोडमार्फत भुक्तानी गर्दा कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन, अर्थात् ट्रान्जेक्सन पूरै नि:शुल्क हुनेछ।QR कोड प्रयोग गरी भुक्तानी गर्दा तपाईंको समयको बचत हुनुका साथै हिसाब-किताब समेत पारदर्शी र भरपर्दो हुनेछ।
पठाओ हिरोहरुले QR कोडमार्फत कसरी भुक्तानी गर्ने?
१. पहिले तल दिइएको QR कोड सेभ गर्नुहोस्।

२. आफ्नो बैङ्क वा डिजिटल वालेट एप खोल्नुहोस्।
३. ”Scan to Pay” विकल्पमा जानुहोस्।
४. फोटो आइकन क्लिक गरेर सेभ गरेको QR कोड छान्नुहोस्।
५. भुक्तानी गर्नुपर्ने रकम राखी “Remarks” मा आफ्नो Pathao मा दर्ता भएको मोबाइल नम्बर अनिवार्य लेख्नुहोस्।
६. अब “Proceed” मा क्लिक गरी भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्।
ध्यान दिनुपर्ने कुरा:
- ”Remarks” मा Pathao मा दर्ता भएको मोबाइल नम्बर अनिवार्य राख्नुहोस्।
- यही मोबाइल नम्बरबाट तपाईंको भुक्तानी पुष्टि तथा ट्र्याक गरिनेछ।
- भुक्तानी भएको ३ घण्टा भित्र तपाईंको Due रकम Drive App मा घटेको देखाउनेछ।
- ५ बजे पश्चात गरिएका भुक्तानीहरू को समायोजन भने अर्को दिन बिहान ९ बजे पछि मात्र हुनेछ।
आगामी दिनहरूमा सबै Pathao चालकहरुले QR कोड प्रयोग गरी मात्र आफ्नो भुक्तानी प्रक्रिया सम्पन्न गर्नु पर्ने भएका ले तपाईंलाई थप जानकारी वा कुनै सहयोग आवश्यक भएमा, कृपया Pathao को हेल्प लाइन नम्बर ०१-५९७००९९ मा सम्पर्क गर्नुहोस् वा हामीलाई Pathao को आधिकारिक Facebook पेजमा मेसेज गर्नुहोस्।