Pathao Drive Account कसरी Reset गर्ने?
- Uncategorized
- April 7, 2026
Ride Request नआएमा के गर्ने?
पठाओ Driver App को नयाँ अपडेटसँगै अब App Reset गर्ने सुविधा सिधै एपभित्र उपलब्ध गरिएको छ। यदि तपाईंलाई ride request नआउने समस्या भइरहेको छ भने, यो सुविधा प्रयोग गरेर समस्या समाधान गर्न सकिन्छ।
किन App Reset गर्नु आवश्यक छ?
कहिलेकाहीँ नेटवर्क, GPS, वा App Configuration मा समस्या हुँदा तपाईंको App ले सही रूपमा Ride Request प्राप्त गर्न सक्दैन। त्यसैले, दिनमा एक पटक App Reset गर्नु उपयुक्त हुन्छ।
एप रिसेट गर्ने सजिलो तरिका
एप रिसेट गर्नका लागी तल दिइएको प्रक्रिया अपनाउनुहोस्:
- Pathao Driver App खोल्नुहोस्,
- माथिको Menu (☰) मा जानुहोस्,
- Diagnostics मा क्लिक गर्नुहोस्,
- Network Connections खोल्नुहोस्,
- तलका setting हरू ठिक छन् कि छैन जाँच गर्नुहोस्:
- GPS,
- Notifications,
- Sound,
- Time (Automatic),
- अन्त्यमा, माथिको ३ डट (⋮) मेनु मा गएर,
- App Reset (Reload) मा क्लिक गर्नुहोस्।
ध्यान दिनु पर्ने महत्त्वपूर्ण कुराहरू
एप ठिकसँग काम गर्नका लागि यी कुराहरू अनिवार्य रूपमा पालना गर्नुहोस्:
- Saving Mode बन्द गर्नुहोस्,
- VPN प्रयोग नगर्नुहोस्,
- Third-party App Cleaner uninstall गर्नुहोस्,
- Fake GPS प्रयोग नगर्नुहोस्।
App Reset पछि के हुन्छ?
यी स्टेपहरू पूरा गरेपछि:
- तपाईंको app refresh हुन्छ,
- System सँग पुनः Connect हुन्छ,
- र Ride Request आउन सुरु हुन्छ।
Ride Request पाउनेमा असर गर्ने मुख्य कुराहरू
Ride request system मा मात्र भर पर्दैन, तपाईंको performance पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ:
Customer Rating
ग्राहकले ride सकेपछि दिएको rating ले तपाईंको visibility बढाउँछ।
CR (Completion Rate)
तपाईंलाइ आएको ride request को दरमा accept गरेको ride पूरा गर्ने दर वा Completion Rate system मा तपाईंको priority बढाउँछ।
नियमित रूपमा app reset गर्नुहोस्, राम्रो rating कायम राख्नुहोस् र सबै settings सही राख्नुहोस् यसले तपाईंलाई अझ बढी ride request पाउन सहयोग गर्नेछ।