Pathao Blog

Announcements, updates, releases, and more

blog image

पठाओ राइडर, क्याप्टेन र पठाओ हिरोका लागि सहज भुक्तानी गर्न cityPAY Wallet!

पठाओ सम्बन्धित सम्पूर्ण भुक्तानी प्रक्रिया अब cityPAY Wallet मार्फत हुनेछ। अब पठाओ राइडर, क्याप्टेन वा पठाओ हिरोहरू ले cityPAY प्रयोग गरेर सजिलै डिउ रकम तिर्ने र अन्य कुनै भुक्तानी छिटै समायोजन हुनुका साथै कुनै पनि बैङ्कबाट Wallet Load गर्ने सुविधा प्राप्त गर्न सक्नुहुनेछ।

cityPAY नै किन?

– डिउ रकम सजिलै तिर्न सकिने

पठाओ लाई तिर्नु पर्ने डिउ रकम अब तुरुन्तै cityPAY मार्फत भुक्तानी गर्न मिल्ने।

– छिटो समायोजन

cityPAY को माध्यमबाट तपाईंले आफ्नो डिउ रकम वा अन्य कुनै भुक्तानी गर्दा तुरुन्तै समायोजन हुने।

– कुनै पनि बैङ्कबाट सजिलै लोड

cityPAY द्वारा तपाईंले कुनै पनि बैङ्क बाट सजिलै रकम राख्न र पठाउन मिल्ने।

– सुरक्षित र विश्वासिलो

नेपाल राष्ट्र बैङ्क बाट स्वीकृत प्राप्त डिजिटल भुक्तानी प्रणाली भएकाले, तपाईंको कारोबार सुरक्षित र भरपर्दो हुने।

cityPAY मा नयाँ खाता कसरी खोल्ने?

– Google Play बाट cityPAY App डाउनलोड गर्नुहोस्,

– Sign Up मा क्लिक गरी आफ्नो मोबाइल नम्बर, पासवर्ड सेट गरी OTP Verify गर्नुहोस्,

– नागरिकता नम्बर, जिल्ला चयन गरी वालेट PIN Create गरी Confirm गर्नुहोस्,

अब तपाईंको cityPAY Account बन्नेछ।

KYC Verify कसरी गर्ने?

– Login गरिसके पछि Home मा रहेको “KYC Uninitiated” को छेउमा रहेको “Get Started” मा क्लिक गर्नुहोस्,

– आफ्नो नागरिकताको अगाडि र पछाडिको फोटो अपलोड गर्नुहोस्,

– व्यक्तिगत विवरण (नाम, जन्म मिति, लिङ्ग, पेसा, आम्दानीको श्रोत) राख्नुहोस्,

– स्थायी ठेगाना विवरण (प्रदेश, जिल्ला, नगरपालिका, वडा, Area) भर्नुहोस्,

– पारिवारिक विवरण (हजुरबुवा, बुवा, आमा को नाम) राख्नुहोस्,

– आफ्नो फोटो अपलोड गर्नुहोस्,

– कागजातको नम्बर, दर्ता जिल्ला र मिति राखी Finish मा क्लिक गर्नुहोस्,

– अन्तिममा विवरण Check गरेर “I hereby declare” मा टिक गरी Submit गर्नुहोस्,

– यसरी तपाईंको KYC Verify हुनेछ र खाता पूर्ण रूपमा सक्रिय हुनेछ।

पठाओ को सम्पूर्ण भुक्तानी अब cityPAY Wallet मार्फत मात्र हुने भएकाले आजै cityPAY मा खाता खोली KYC Verify गर्नुहोस्, र डिजिटल भुक्तानीको नयाँ अनुभव सुरु गर्नुहोस्।

अब cityPAY Wallet मार्फत तपाईंको भुक्तानी सहज, छिटो र सुरक्षित हुनेछ।