Pathao Blog

Announcements, updates, releases, and more

blog image

Choice Location : आफु जान चाहेको गन्तव्य तिरको रिक्वेस्ट पाउने फिचर

हाम्रा राइडर तथा क्याप्टेन साथीहरूको सहजतालाई मध्यनजर गर्दै हामीले Choice Location नामको फिचर लिएर आएका छौँ |

Choice Location पठाओ ड्राइभ एपमा ल्याइएको एउटा नयाँ फिचर हो, जसको माध्यमबाट राइडर तथा क्याप्टेन साथीहरूले आफू जान चाहेको गन्तव्य चयन गर्नसक्नु हुन्छ जसपश्चात उहाँहरूलाई चयन गरेको गन्तव्य तर्फको राइड Request हरू प्राथमिकताका आधारमा आउने छन् । 

Choice Location फिचर सजिलोसँग प्रयोग गर्नका लागि तपाईँले आफ्नो घर र कार्यालय गरि दुइटा स्थानहरू Save गर्न सक्नु हुन्छ, जसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् :

  • सर्वप्रथम आफ्नो पठाओ ड्राइभ एप खोलि Accounts मा जानुहोस्,
  • त्यसपछि Saved Addresses मा जानुहोस्, यहाँ तपाईँले Home र Work लेखेको दुइटा Option देख्न सक्नु हुन्छ,
  • यी दुई मध्येमा एउटा Option मा थिच्नुहोस् जसपछि तपाईँको Screen मा Location Pin सहितको Map खुल्नेछ,
  • अब तपाईँले Save गर्न लाग्नु भएको Location, Search Box मा खोज्नुहोस् अथवा Location Pin सो ठाउँमा Drag गरि Set Address मा थिच्नुहोस्,
  • यसपछि तपाईँले Save गर्न लाग्नु भएको Location को विवरण भर्न सक्नु हुन्छ र विवरण भरिसके पछि Save मा थिच्नुहोस् ।

यति गरिसके पछि तपाईँले इच्छाउनु भएको Location, Save भइसकेको छ र अब तपाईँले Choose Location फिचर सहजताको साथ प्रयोग गर्न सक्नु हुन्छ । अब Choose Location फिचर प्रयोग गर्नका लागि निम्न प्रक्रिया अपनाउनुहोस् :

  • ड्राइभ एपको Homepage को तल्लो दायाँ पट्टि रहेको बिचमा तारा भएको Location Pin जस्तो Icon थिच्नुहोस्,
  • यसपछि तपाईँले आफ्नो Screen मा दुइटा Saved Addresses र चार वटा Recommended Location हरू सहितको Select Destination लेखिएको पेज देख्न सक्नु हुन्छ,
  • यहाँ तपाईँले सो ६ वटा Location हरू मध्येबाट कुनै एक गन्तव्य चयन गरि Set Choice Location लेखिएको हरियो Button थिचि Choice Location सेट गर्न सक्नु हुन्छ,
  • यदि तपाईँलाई अन्य कुनै स्थानमा Choice Location सेट गर्नु छ भने Select Destination पेजमा रहेको Search Destination लेखिएको Box मा थिच्नुहोस्,
  • यसपछि तपाईँले सो Box मा आफूले चाहेको Location Search गरि Search Result हरू मध्येबाट एउटा Location अथवा Set On Map option मा गएर चाहेको स्थानमा Location Pin Drag गरेर आफूले इच्छाएको स्थान चयन गर्न सक्नु हुन्छ,
  • आफूले इच्छाएको स्थान चयन गरि सकेपछि Set Choice Location थिचि Choice Location सेट गर्न सक्नु हुन्छ,

यसरी तपाईँले आफ्नो Choice Location सेट गरि आफू जान चाहनु भएको गन्तव्य तर्फका ट्रिपहरू प्राथमिकताका आधारमा पाउन सक्नु हुन्छ र आफूले इच्छाएको ठाऊँ तिरै गएर कमाइ गर्न सक्नु हुन्छ ।

हामीले लिएर आएका यी नयाँ फिचरको प्रयोगले हाम्रा राइडर तथा क्याप्टेन साथीहरूले पठाओको माध्यमबाट सजिलो र व्यवस्थित रूपमा थप कमाइ गर्न सक्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।