Pathao Blog

Announcements, updates, releases, and more

blog image

पठाओमा आफ्नो समस्या Report Issue मार्फत कसरी दर्ता गर्ने ?

राईडर, क्‍याप्‍टेन तथा फुडमेन साथीहरुले राईड दिँदा अथवा फुड डेलिभरी गर्दा केहि समस्या परेमा सजिलै सँग एप भित्र बाट नै आफ्‍नो समस्या हामी सामु राख्‍न सक्‍नुहुन्छ।

आफ्‍नो समस्या रिपोर्ट गर्नका लागि निम्‍न प्रक्रियाहरु अपनाउनु होस् :

1. पठाओ ड्राईभ एप खोलि ACCOUNT मा जानुहोस।

2. त्‍यसपछि ACCOUNT को TRIP HISTORY मा थिच्‍नुहोस।

3. यहा तपाईँले RIDE, FOOD र PARCEL को विकल्पहरु देख्‍न सक्नुहुन्‍छ। ती मध्ये तपाईँले दिईरहनु भएको सेवा छान्‍नुहोस।

4. आफुले छान्नुभएको सेवा अनुरुप थप विवरणहरु तपाँईले यहा देख्‍न सक्नुहुन्छ। 

5. समस्‍या कुन RIDE अथवा FOOD DELIVERY गर्दा भएको हो त्‍यसमा थिच्‍नुहोस।

6. त्यसपछी Ride Details देख्नुहुनेछ र तल स्क्रोल गरि REPORT ISSUE मा थिच्‍नुहोस।

7. त्यहाँ देखाईएका समस्‍याहरु मध्ये आफ्‍नो समस्या छान्‍नुहोस।

8. समस्याको बारे थप जानकारी DETAILS मा राख्‍नुहोस र SUBMIT मा थिच्‍नुहोस।

आपतकालिन समयमा तपाँईले हामीलाई 01-5970099 नम्बरमा कल गरेर पनि आफ्नो समस्‍या राख्‍न सक्‍नुहुन्छ।

यसरी तपाईँले सजिलै सँग आफ्‍नो समस्‍या Report Issue मार्फत दर्ता गरि समस्याको समाधान गर्न सक्‍नुहुन्छ। र समस्या दर्ता भैसके पछि हजुरको समस्याको समाधान भयो कि भएन Help अप्सनको  All Message मा चेक पनि गर्न सकनुहुन्छ ।