पठाओ दशैं महोत्सव २०८२ को बम्पर उपहारमा 3 जना लाई TVS RADEON FI !
- Newsroom
- September 1, 2025

यस दशैंको अवसरमा सबै राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरूको लागि थप कमाई गर्ने सुनौलो अवसर लिएर हामी फेरी पनि “पठाओ दशैं महोत्सव २०८२” सुरु गर्दै छौँ। यो महोत्सव भाद्र १७ देखि असोज ६ सम्म २१ दिनका लागि चल्नेछ। हाम्रो सुविधा नेपालभर उपलब्ध भए पनि, यो विशेष महोत्सव भने काठमाडौँ उपत्यका का लागि मात्र लागु हुनेछ।
पठाओ दशैं महोत्सव २०८२ को विशेषता:
- दैनिक 1% कमिसन अफर: जसले गर्दा जति राइड लियो त्यति नै कमिसन घट्दै जानेछ। कमिसनको पर्सेन्टेज भने हरेक दिन 20% मा पुनर्स्थापित गरिनेछ।
- अधिक राइड, बढी कमाई: दैनिक राइड वा डेलिभरी गर्दै कमिसन घटाउँदै आफ्नो आम्दानी बढाउनुहोस्।
- बम्पर उपहार: महोत्सवमा ३ जना विजेतालाई Honda Shine 125 CC बाइक लक्की ड्र मार्फत प्रदान गरिनेछ।
बम्पर उपहारका लागि सहभागी हुनका लागि निम्न मापदण्डहरू पुरा गर्नुपर्ने छ:
- २१ दिन भित्र १७० भन्दा बढी राइड वा डेलिभरी पुरा गर्नुपर्ने छ।
- कम्तीमा ७०% Completion Rate (CR) वा Success Rate (SR) कायम गर्नुपर्ने छ।
उक्त मापदण्डहरू पुरा गर्ने पठाओ चालकहरू लक्की ड्र का लागि छनौट हुनु हुनेछ र ड्र मार्फत ३ जना भाग्यशाली विजेताले बबाल Mileage भएको TVS RADEON FI मोटरसाइकल उपहार पाउनुहुनेछ। साथै पठाओ चालक बन्न इच्छुक नयाँ साथीहरूका लागि निःशुल्क दर्ता पनि उपलब्ध रहेको छ।
त्यसैले, यस दशैं धेरै राइड लिँदै कम कमिसन तिरेर बढी कमाउनुहोस् र बम्पर उपहार जित्नुहोस्।
विजयादशमी २०८२ को हार्दिक मङ्गलमय शुभकामना!