Pathao चालक साथीहरूका लागि PAN कार्ड अब अनिवार्य
- Newsroom
- July 17, 2026
नेपाल सरकार तथा आन्तरिक राजस्व विभाग (IRD) को हालै जारी सूचनाअनुसार, Ride Sharing सेवामा आबद्ध सबै चालकहरूले स्थायी लेखा नम्बर (PAN) लिन अनिवार्य गरिएको छ। यो व्यवस्था नयाँ आर्थिक वर्षदेखि लागू भएको हो।
यसैअनुसार, अहिलेसम्म PAN कार्ड नबनाउनु भएका Pathao चालक साथीहरूले यथाशीघ्र आफ्नो व्यक्तिगत PAN दर्ता गर्नुहुन अनुरोध गर्दछौँ।
PAN कसरी पठाउने?
यदि तपाईंले PAN कार्ड बनाइसक्नुभएको छ भने,
Pathao मा दर्ता भएको मोबाइल नम्बर उल्लेख गरी PAN कार्डको फोटो वा प्रतिलिपि हाम्रो WhatsApp नम्बर: 9801908584 मा पठाइदिनुहोस्।
PAN कसरी बनाउने?
तपाईंले नागरिक एप (Nagarik App) मार्फत पनि व्यक्तिगत PAN का लागि आवेदन दिन सक्नुहुन्छ। आवेदन गर्दा प्रयोग गरिएको SIM कार्ड अनिवार्य रूपमा तपाईंकै नाममा दर्ता भएको हुनुपर्छ।
PAN Verification
यदि तपाईंले पहिले नै PAN बनाइसक्नुभएको छ भने, आफ्नो PAN विवरण आन्तरिक राजस्व विभागको PAN Search मार्फत पनि प्रमाणित गर्न सक्नुहुन्छ।
नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको यस सम्बन्धी थप जानकारीका लागि:
👉 आन्तरिक राजस्व विभाग (IRD)
यदि PAN बनाउन वा पठाउने प्रक्रियामा कुनै समस्या वा अन्य जानकारी आवश्यक परेमा, कृपया Pathao Support 01-5970099 मा सम्पर्क गर्नुहोस्।
समयमै PAN दर्ता गरी आवश्यक विवरण पठाई आफ्नो चालक प्रोफाइल अद्यावधिक गर्नुहोस्।
धन्यवाद।