Pathao Blog

Announcements, updates, releases, and more

blog image

Pathao जिवनरक्षा Initiative

पठाओ नेपालले बिगत लामो समय देखी आफ्नो सेवाग्राहीको दैनिकी सहज बनाउन, राइड सेयरिङ सेवा दिँदै आईरहेको छ र यस राइड सेयरिङ सेवा भित्र ट्‍याक्सी सेवा पनि आबद्ध छ। चेकअपको लागि होस या कुनै अकस्मात् कारणले होस, अस्पताल जानको लागि हामी सबैको पहिलो विकल्प भनेको ट्‍याक्सी नै हुन्छ। ट्‍याक्सी चालकहरुलाई प्राथमिक उपचारको बारे राम्रो जानकारी हुने हो भने धेरै ज्यान समयमै बचाउन सकिन्छ।

यहि कुरालाई मध्यनजर गर्दै हामीले पठाओ जिवनरक्षा अभियान अगि ल्‍याएका हौँ। यस अभियानको मुख्य उद्देश्य भनेको, हाम्रा क्यापटेनहरुलाई घाइते वा बिरामीलाई अस्पताल नपुग्दासम्म प्राथमिक उपचार कसरि सहि तरिकाले प्रदान गर्ने हो। र यसको लागि हामीले ३०० भन्दा बढि क्यापटेनहरुलाई यस अभियानमा समावेश गरायौँ। यस प्राथमिक उपचारको तालिम भने, विगत एक दसक देखि आकस्मिक उपचारको क्षेत्रमा संलग्‍न हुनुभएका टिचिङ्ग अस्पतालका दक्ष डाक्टरहरू यानी Emergency Health care Professionals (CEC) हरु द्वरा प्रदान गरिएको हो।

प्राथमिक उपचारमा तालिम प्राप्त हाम्रा क्यापटेनहरु पठाओ जिवनरक्षकको नामले चिनिनेछ्न्‌। अन्तयमा, हामी अपेक्षा गर्दछौँ कि यस अभियानले हाम्रा सेवाग्राहीको जिवनमा सकारात्मक असर ल्‍याउँनेछ।